सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पल शाहको मुख्य भुमिका रहने चलचित्र ‘आ आमा २’को शुभमुर्हूत गरिएकोछ। सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेकोे हो।

सोमबार पारेर निर्माण टिमले चलचित्रको स्क्रिप्ट पुजाअर्चना गर्दै कामलाई अगाडी बढाएको हो। अघिल्लो वर्षको सुपरहिट चलचित्र ‘आ बाट आमा’कै सिक्वेल हो यो। यसै फिल्मका केहि कलाकारहरु भाग २ मा पनि निरन्तरता पाएका छन्। अघिल्ला चलचित्रका कलाकार विपना थापा,पल शाह,प्रदीप रावत,गजित बिष्ट लगायतका कलाकारहरु दोहोरिएका छन्।

यस चलचित्रमा पल शाह,विपना थापा,प्रदीप रावत,गजित बिष्टका अलवा यस फिल्ममा आकाश श्रेष्ठ,नरेन खड्का जोडिएका छन्। यस चलचित्रमा अभिनेत्रीहरु भने छनोट हुन बाँकी रहेका छन्। साथै अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चन्द्र पन्तले बताए। उनका अनुसार केहि दिनमा नै यस चलचित्रका सम्पुर्ण कलाकारहरु छनोट गरिसकिने छ।

निर्देशक पन्तले यो चलचित्रको छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए। अहिले यस चलचित्रका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको जानकारी दिए। निर्माण टिमले एक महिनाअघिबाट नै यो चलचित्र आगामी दसैंमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो।

निर्देशक पन्तले यो चलचित्र दसैंमा नै हलमा लाग्ने जानकारी दिए। यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ। यस फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com