सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र ‘आ बाट आमा२’मा सबिन श्रेष्ठको इन्ट्री भएको छ। उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले चलचित्रको एक मुख्य भुमिकामा अनुबन्ध गरेका हुन्।
यसअघि यो चलचित्रमा पल शाह,विपना थापा,आकाश श्रेष्ठ लगायत कलाकारलाई अनुबन्ध गरिसकेका छन्। साथै यस चलचित्रको शुभमुर्हूत समेत भइसकेको छ। गत सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा चलचित्रको शुभुमूर्हत गरेकोे हो।
गत वर्षको चलचित्र ‘आ बाट आमा’ सुपरहिट फिल्म बनेको थियो। सोही चलचित्रको यो सिक्वेल हो। यस चलचित्रमा पल शाह,विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,गजित बिष्ट,नरेन खड्का,लगायतका कलाकारहरुले अभिनय गर्दैछन्।
निर्माण टिमले यस चलचित्रका अभिनेत्रीको भने नाम सार्वजनिक गरेको छैन। अहिलेसम्म कुन हिरोइनले यस चलचित्रमा काम गर्दैछन् भन्ने कुरा निर्माण पक्षले गोप्य राखेको छ।

आगामी दसैंमा प्रदर्शनमा ल्याउने भनिएको यो चलचित्रको केहि सातापछि फ्लोरमा निस्किने तयारी छ। यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ भने यस चलचित्रको वितरण आर आर फिल्मस्ले गर्दैछ । आर्या इन्टरेटन्मेन्ट प्रालीको व्यानरमा हुने यस चलचित्रको डिजिटल अधिकार ओएसआरले लिएको छ। साथै प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।








प्रतिक्रिया