सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक तथा अभिनेता बिराज भट्ट को बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ ।

चलचित्रको छायांकन सुरु भएसँगै कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ । लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः नेपाली चलचित्रमा फर्किन लागेको जानकारी निर्माण टिमले दिएको छ । उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए ।

‘१२ गाउँ २’ मार्फत उनको पुनरागमनलाई नेपाली चलचित्र क्षेत्रमा विशेष रूपमा हेरिएको छ । त्यसैगरी ‘१२ गाउँ’ मा अभिनेता बिराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहने भएका छन् । पहिलो भागमा उनको भूमिकाले दर्शकको ध्यान तानेको थियो । निर्माण टिमका अनुसार चलचित्रको छायांकन अहिले धमाधम भइरहेको छ ।

एक्सन, ड्रामा र पारिवारिक भावनालाई समेटेर निर्माण भइरहेको चलचित्रलाई यस वर्षको दशैं फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्रमा बिराज भट्टसहित नयाँ तथा चर्चित कलाकारहरूको समेत अभिनय रहने बताइएको छ । पहिलो भागको सफलतापछि ‘१२ गाउँ २’ प्रति दर्शकको अपेक्षा झन् बढेको निर्माण पक्षको दाबी छ ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com