सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रोल नं १’ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो ।
निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामापफर््त नगद पुरस्कार जित्ने अपफ्र ल्याएको हो |यो प्रतिस्पर्धाका लागि चलचित्र ‘रोल नं १’सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमापफर््त सुनाउनुपर्नेछ ।
प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । आफ्नो वास्तविक स्कुल जीवनको कथा सुनाउनुपर्नेछ ।कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्व, गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्भफ्ना, सपना र लक्ष्य तथा संघर्ष र मेहनतलगायत विषय समेट्न सकिनेछ ।
भिडियो छोटो, मिठो र भावुक बनाउने हुनुपर्नेछ । भिडियो १–३ मिनेटभित्र सक्नुपर्नेछ । सिर्जनात्मक प्रस्तुति दिनुपर्नेछ । भिडियोमा स्पष्ट आवाज हुनुपर्नेछ । सबै उमेरका व्यत्तिफ् यो प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । भिडियो टिकटक, पफ्सेबुक र इन्स्टाग्राममा राख्न सकिनेछ ।
भिडियो पोष्ट गर्दा अनिवार्य रुपमा पफ्सेबुक ठकभबकऋष्लभफ्बक मा अथवा टिकटकमा धधध।तष्पतयप।अयफ्र२ठकभबकअष्लभफ्ब मा ट्याग गर्नुपर्नेछ । भिडियो पोस्ट गर्दा यी अनिवार्य रुपमा ३च्यििल्यज्ञ ३ल्भउबष्िःयखष्भ ३व्भकतजबज्ञछ ३ःथक्अजययक्तियचथ ३क्अजययःिभफ्यचष्भक ३क्तगमभलतीषभ ३ठक्भबकऋष्लभफ्ब ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।
प्रथम हुने विजेताले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार २० जना सहभागीलाई ‘रोल नं १’को एकएकवटा टिकट पाउनेछन् । विजेता घोषणा जेठ २५ गते गरिनेछ ।
विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् । चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, पिफ्रोड खड्का चिपफ् एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।









प्रतिक्रिया