सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र लालीबजार ले प्रदर्शनको तीन हप्तामा ७ करोड ५३ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। चौथो सातामा प्रवेश गरिसकेको चलचित्रले उक्त व्यापार घरेलु बजारबाट गरेको हो।
प्रदर्शनको २३औँ दिनमा चलचित्रले देशभर १ सय ९२ शो पाएको छ, जबकि प्रदर्शनको पहिलो दिन २५ वैशाखमा १ सय ८० शो पाएको थियो। चौथो साताको शनिबार प्राप्त शोहरूमा दर्शकको उपस्थिति उल्लेखनीय रूपमा बाक्लो देखिएको छ।
निर्देशक यम थापा को निर्देशनमा बनेको यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा र मुकुन्द श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
षट्कोण आर्ट्स को निर्माणमा तयार भएको ‘लाली बजार’ का निर्माता म्याक्स दीपेश खत्री हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्।









प्रतिक्रिया