सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ चौथो सातामा पनि उत्साहजनक दर्शक सहभागितासहित प्रदर्शन भइरहेको छ । चौथो सातामा प्रवेश गरेको चलचित्रले देशभर १ सय ९२ शो प्राप्त गरेको छ । शनिबार अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो । प्राप्त शोमध्ये ९० प्रतिशतभन्दा बढी अकुपेन्सीसहित प्रदर्शन भइरहेको र अधिकांश शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।

चौथो सातामा पनि हलमा दर्शकको उस्तै चाप र उत्साह देखिएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा तथा कार्यकारी निर्माता प्रदीप भट्टराईले विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए । उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिए ।

निर्देशक यम थापा को निर्देशनमा बनेको यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा र मुकुन्द श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

षट्कोण आर्ट्स को निर्माणमा तयार भएको ‘लाली बजार’ का निर्माता म्याक्स दीपेश खत्री हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com