सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’ को निर्माण टिम व्यापाक प्रचारप्रसारमा लागेको छ। निर्माण टिम असार १५ गतेबाट आफ्नो चलचित्रलाई व्यापार प्रचारमा लागेको हो।
यतिबेला चलचित्रका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजाता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ लगायतका कलेज कलेजमा आफ्नो चलचित्रको प्रचार गरिरहेका छन्। काठमडौंका अधिकांश स्कुल तथा कलेजमा कलाकारहरु सहितको टिम पुगेका छन्।

चलचित्रको मुल विषयवस्तु नै किसानको कथामा आधारित भएकाले निर्माण टिमको प्रचार प्रसार खटाईमा व्यापक बन्दै गएको हो। यस चलचित्रको प्रचारप्रसारमा कलाकारदेखि फिल्मका निर्माताद्वय पूजा र जस्मिनसम्म रहेका छन्।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रमा देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने बलियो सन्देश बोकेको छ। ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको यस चलचित्रलाई व्यवसायीद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले लगानी गरेका छन् । चलचित्रमा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।

यस चलचित्रको विशेष गीतमा चर्चित कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई पनि देख्न सकिन्छ । उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने चलचित्रका अन्य गीतहरूको कोरियोग्राफी निर्देशक ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका छन् ।

कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको यस फिल्मलाई राहुल राईले छायाङ्कन गरेका हुन् । चलचित्रको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका हुन्।

वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत रहेको यस फिल्मका गीतमा निर्मात्री जस्मिन श्रेष्ठको शब्द रचना समेत रहेको छ। यस चलचित्रमा बाबुल गिरीको सङ्गीत र गायनका साथै महिला स्वरमा चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रलाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com