सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’का विभिन्न विधाका विजेता घोषणा गरिएको छ। बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बाल प्रतिभाले उत्साहजनक प्रस्तुति दिएका थिए।

प्रतियोगितामा बिर्शिका बस्नेत र सुहान श्रेष्ठले शीर्ष उपाधि हात पारे। यस्तै, रोहिना भण्डारी र अयान्श चन्द्र अमात्यले ‘फ्यान च्वाइस’ अवार्ड जिते। त्यस्तै, रोहिना भण्डारी र बिर्शिका बस्नेत ‘मोस्ट पपुलर’ घोषित भए। आयोजकको विशेष छनोटअन्तर्गत स्वर्णिमा बिष्टले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गरिन्।

प्रतियोगितामा सहभागी बालबालिकाको प्रस्तुति, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्चीय क्षमतालाई विभिन्न आधारमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले बाल प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने तथा मनोरञ्जन क्षेत्रमा भविष्य निर्माणका लागि प्रेरित गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

कार्यक्रमको आयोजना अमिषा ओलीले गरेकी थिइन् भने विबश थापाले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com