सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता इमरान हाश्मी अभिनीत फिल्म ‘आवारापन २’ले भारतीय बक्स अफिसमा लगातार सशक्त प्रदर्शन गरिरहेको छ । पहिलो सप्ताहन्तमा आक्रामक व्यापार गरेको फिल्मले सोमबार पनि मजबुत कमाइ गर्दै १०० करोड क्लबको नजिक पुगेको हो।
भारतीय ट्रेड विश्लेषकका अनुसार फिल्मले सोमबार १० करोड ६ लाख भारु नेट कमाएको छ। यससँगै चार दिनमा फिल्मको कुल नेट कमाइ ९४ करोड ३७ लाख भारु पुगेको छ। फिल्मले पहिलो दिन शुक्रबार २३ करोड ४० लाख भारु, शनिबार ३४ करोड ९ लाख भारु, आइतबार २६ करोड ८२ लाख भारु र सोमबार १० करोड ६ लाख भारु कमाएको हो।
फिल्मको कमाइको रफ्तार हेर्दा ‘आवारापन २’ले मंगलबार नै १०० करोड भारुको आँकडा पार गर्ने व्यापार विश्लेषकहरूको अनुमान छ। सन् २००७ मा प्रदर्शन भएको ‘आवारापन’को सिक्वेलका रूपमा निर्माण गरिएको फिल्ममा इमरान हाश्मीसँगै दिशा पटानी मुख्य भूमिकामा छन्।










प्रतिक्रिया