सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘गौथली’का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । फ्रान्समा आयोजित ‘रेड मुभी अवार्ड्स २०२६’ को अटम संस्करणमा रिजाल ‘बेस्ट डाइरेक्टर (म्यान)’ विधामा विजेता घोषित भएका हुन्।

अवार्डको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम नतिजाअनुसार डा. रिजालले फिल्म ‘गौथली’का लागि उक्त अवार्ड जितेका हुन्। उनको यो सफलताले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यस उपलब्धिलाई निर्देशक रिजालको सिर्जनात्मक मेहनत र नेपाली फिल्मको सम्भावनाको सम्मानका रूपमा हेरिएको छ। फिल्म ‘गौथली’लाई दर्शक, शुभचिन्तक, आफन्त तथा फिल्मप्रेमीबाट प्राप्त माया र समर्थनप्रति आभार व्यक्त गरिएको छ।

डा. रिजालको सफलताप्रति उनका परिवारका सदस्य तथा शुभचिन्तकले खुसी व्यक्त गर्दै बधाई दिएका छन्। उनीहरूले आगामी दिनमा पनि रिजालले यस्तै सफलता हासिल गर्दै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप पहिचान दिलाउने विश्वास व्यक्त गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com