सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय गायक शान्तनु मुखर्जी ‘शान’ साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक टिमसहित कलाकार सन्दीप क्षेत्रीले भव्य स्वागत गरेका छन् ।

सन्दीपले आफूलाई मन पर्ने भारतीय गायकमध्ये शान पनि एक रहेको भन्दै सामाजिक सञ्जालमार्फत शान काठमाडौं आइपुगेको जानकारी दिएका छन् । गायक शान यसअघि आफ्नो साङ्गीतिक करिअर उचाइमा रहेको समयमा सन् २०११ मा नेपाल आएका थिए । त्यसको करिब १५ वर्षपछि उनी पुनः साङ्गीतिक कार्यक्रमका लागि नेपाल आएका हुन् ।

सन् १९९९ मा सार्वजनिक भएको हिन्दी फिल्म ‘प्यार मे कभी कभी’मा समावेश ‘मुसुमुसु हाँसिदेऊ’ गीतमा शानको स्वर रहेको छ । नेपाली शब्द समेटिएको उक्त गीतले नेपालमा समेत निकै लोकप्रियता हासिल गरेको थियो ।

‘मुसुमुसु हाँसिदेऊ’ बोलको गीतमा नेपाली शब्दावली तथा नेपालीपन झल्कने धुन प्रयोग गरिएको छ । यही कारण उक्त गीत नेपाली स्रोतामाझ समेत लोकप्रिय बनेको हो । शान हिन्दी संगीत क्षेत्रका चर्चित गायक हुन् । नेपालमा समेत उनका गीतका प्रशंसकको संख्या ठूलो रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com