सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गायिका नीशा सुनारले हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन् । नीशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ।
गीतको भिडियोमा प्रकाश सपुत, अभिनेत्री निरुता सिंह र विन्दु बोहराको नृत्य देख्न सकिन्छ। गायिका नीशा सुनार पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत भएकी छन्। सुनिल बीकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ। हरि हुमागाईंले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने प्रवीन भट्टले सम्पादन गरेका छन्।
गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन्। उनीहरूको जोडीको केमेस्ट्री दर्शकका लागि विशेष आकर्षण बन्न सक्ने देखिन्छ। त्यस्तै, अभिनेत्री निरुता सिंहले पछिल्लो समय निकै कम म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छन्। गीत निकै कर्णप्रिय लागेकाले आफूले भिडियोमा काम गरेको उनको भनाइ छ।









प्रतिक्रिया