सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘बाकस’ को शुभमुहूर्त सम्पन्न भएको छ । ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्त कार्यक्रममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, पुष्कर राउत, विक्रम बुढाथोकी, ध्रुव कोइरालालगायतको उपस्थिति थियो।
नवीन पन्तको निर्देशनमा बन्ने फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। बाल कलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत पनि फिल्ममा देखिनेछन्।
यसै फिल्ममार्फत अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ पर्दा साझा गर्नेछन्। फिल्ममा मणि तामाङ मुख्य सहायक निर्देशकका रूपमा छन् भने सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा रहनेछन्। द्वन्द्व निर्देशन किरण दाहाल र शृङ्गार उर्मिला लामाको रहनेछ।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राईले संगीत दिनेछन्। धीरेन्द्र पन्त कार्यकारी निर्माता रहेको फिल्मकी निर्माता सुजिता चौलागाईं हुन्। राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा छन्।
फिल्मको छायांकन महेश पौडेलले गर्नेछन्। पोस्टर डिजाइनको जिम्मेवारी आईडलले लिएको छ। निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर, ज्योति केसी र निराजन घिमिरे कस्ट्युम डिजाइनर तथा सियोन श्रेष्ठ कोरियोग्राफरका रूपमा रहनेछन्।
पीके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक पन्त स्वयंले लेखेका हुन्। फिल्मको छायांकन दसैँलगत्तै सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।







प्रतिक्रिया