सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । तिहारको अवसर पारेर आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ।
अर्जुन पोखरेलको सङ्गीत रहेको गीतका शब्द अधिवक्ता सशी शर्मा मजगैयाँले लेखेका हुन्। क्यासिनोको सेटअपमा तयार पारिएको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री इभा गिरीले आइटम नृत्य गरेकी छन्। उनलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ।
भिडियोमा इभासँगै हरिवंश आचार्य, जितु नेपाल, महेश त्रिपाठी र विनोद न्यौपाने पनि देखिएका छन्। क्यासिनोमा नाच्ने युवतीले आफूलाई सुहाउने केटा खोजेको प्रसङ्गलाई गीतमा प्रस्तुत गरिएको छ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा आर्यन सिग्देल, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको अभिनय छ।
काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मलाई नवीन श्रेष्ठले प्रस्तुत गरेका हुन्। उनले यसअघि फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए। पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा श्याम तामाङको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन तथा रङ संयोजन र उत्तम न्यौपानेको ध्वनि डिजाइन रहेको छ। फिल्ममा अर्जुन पोखरेलको सङ्गीत, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत र पुकार धिमालको भिएफएक्स रहेको छ।






प्रतिक्रिया