सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भोली शुक्रबारबाट हलमा लाग्ने चलचित्र ‘आ बाट आमा’को सेन्सर पास भइसकेको छ। दुई दिनअघि केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो।
सेन्सर बोर्डका सदस्यले चलचित्र हेर्दा निकै भावुक बने। उनीहरुले चलचित्रको भावले आफुलाई छोएको र यसले यस चलचित्रको कथा र कलाकारको अभिनयले दर्शकको मन जित्ने बताए।
चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्य तथा वरिष्ठ पत्रकार कुबेर गिरीले चलचित्रको कथा आकर्षक र लोभलाग्दो बताए। उनले आफुलाई व्यक्तिगत रुपमा चलचित्र मनपरेको सुनाए। उनी यो फिल्म हेर्दा आफु धेरै पटक भाबुक भएको सुनाए। यसअघि पनि आमाको कथामा चलचित्र बनेको तर यतिको भावुक नभएको उनको भनाई छ।
‘आमाको विषयमा केही चलचित्र बनेका छन्। ति सबैमा आमाको दुःख देखाउने खोसिस गरिएको थियो,’ चलचित्र हेरिसकेपछि उनले भने,‘तिनीहरुको तुलनामा चलचित्र भिन्न छ। चलचित्रले आमाको कथालाई फरक तरवरबाट प्रस्तुत गरेको छ। जुन आकर्षक र लोभलाग्दो छ। व्यक्तिगत रुपमा चलचित्र मलाई त मनपर्यो।’
उनले आफु निकै पटक चलचित्र हेर्दा भावुक बनेको सुनाए। उनले थपे,‘ चलचित्र हेर्दा म धेरै भावुक भएँ। पारिवारिक कथामा बनेको यो चलचित्रले मलाई मात्र होइन धेरैलाई रुवाउन सक्छ।’
अन्य सेन्सर बोर्डका सदस्य र चलचित्र हेरिरहेको निर्माण पक्षको पनि आँखा रसाएको प्रष्टै देखिन्थ्यो। सेन्सर बोर्डकै अर्का सदस्य सम्पर्ण श्रेष्ठले चलचित्र निकै उत्कृष्ट बनेको बताए। उनले पछिल्लोसमय चलचित्र एकदमै राम्रो बन्न थालेको र त्यसमा पनि आ बाट आमा एकदमै राम्रो लागेको बताए
‘पछिल्लोसमयमा नेपाली चलचित्रहरु अत्यन्त उत्कृष्ट बन्न थालेका छन्,’उनले चलचित्र हेरिसकेपछि भने,‘ ति मध्ये ‘आ बाट आमा’ नेपाली पारिवारिक कथाले भरिएको चलचित्र बनेको छ। अत्यन्त उत्कृष्ट बनेको छ। चलचित्रलाई हलसम्म गएर हेरिदिन दर्शकलाई अनुरोध पनि गर्दछु।’
सेन्सर बोर्डका सदस्यको यो प्रतिक्रिया सुनिसकेपछि निर्माण पक्ष चलचित्रलाई लिएर निकै उत्साहित देखिन्छ। चुनावको माहोल तातिरहेको समयमा पनि चलचित्रको हाइप घटेको छैन।
यस चलचित्रमा समावेश गीत ‘लैजा खवर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ले पनि दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको छ। साथै यो गीतले युटुबमा ३० लाख भन्दा माथी भ्युज कमाई सकेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रलाई चन्द्रपन्तले निर्देशन गरेका हुन्। उनकै कथा तथा पटकथा रहेको यस चलचित्रमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारले अभिनय गरेको छन्।
टिजर ट्रेलर र गीतले समेत हाइप बटुलिसकेको चलचित्रमा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ।चलचित्रमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन् भने अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माताका रुपमा करण सिंह रसाली हुन्। यस चलचित्रलाई नवराज उप्रेतीले खिचेका छन्। चलचित्रको सम्पादन मिलन श्रेष्ठ, ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन् भने चलचित्र वितरण आरआर फिल्म्सले गर्दैछ । साथै डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।









प्रतिक्रिया