सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यो वर्षकै बहुप्रतिक्षित चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको चलचित्रको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ ।
चलचित्रको टिजरमा नायक विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रको टिजरले चैत्र २७ गते बक्स अफिसमा धमाका हुने संकेत गरेको छ ।
चलचित्रमा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ । टिजरमा यी सबै कलाकारहरुलाई देख्न सकिन्छ ।
माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको चलचित्रका क्रियटिभ निर्माता मोती कार्की हुन् । राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको यो चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ ।
अभिमन्यू निरवी र समय थपलिया चलचित्रका स्क्रिप्ट सल्लाहाकार हुन् । माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।
यो चलचित्रमा समावेश ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट भइसकेको छ । यसैबिच, यो टिजरले पनि दर्शकको आक्रामक साथ पाउने विश्वास गरिएको छ ।







प्रतिक्रिया