सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यतिबेला सुशील पोखरेलको चलचित्र ‘परालको आगो’को टिजरको चर्चा छ। सामाजिक सञ्जाल जताततै यस चलचित्रको टिजरले करोड भ्युज समेत बटुल्न सफल भएको छ। ओएसआरको फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरेका छन्। जुन भ्युज बिरलै पाइन्छ।

यतिका भ्युज सामाजिक सञ्जालबाट नै चलचित्रको टिजरले बटुलेपछि निर्माता सुशील पोखरेल उत्साहित छन्। उनी दंग पर्दै भन्छन्,‘ ओएसआर डिजिटलको टिकटकमा ६० लाख तथा देउराली फ्यान क्लबको रिल्समा हाम्रो टिजरलाई ४० लाखभन्दा बढि पटक हेरिएको छ। दुइतर्फको भ्युल जोड्ने हो भने १ करोडभन्दा माथी पुगेको अवस्था छ। अरुको त हिसावै गरेको छैन।’

उनले यतिधेरै भ्युज बटुलेको र टिकटकस्टारहरुले आफ्नो चलचित्रको टिजरका संवादमा अभिनय गरेकोमा धन्यवाद दिएका छन्। उनी थप्छन्,‘यो मायाका लागि हामी आभारी छौँ।’

नेपाली समाज र यहाँ रहेका घटनालाई चलचित्रको पर्दामा उतारिएको छ। अधिकांशले प्रकाश सपुत र सुहाना थापाको संवादमा टिकटक बनाएका छन्। जसका कारण पनि यो चलचित्रको प्रचार तिब्र छ। ओएसआर युटुब च्यानलमार्फत रिलिज भएको टिजरमा दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन्।

श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा र छरछिमेकीको भुमिका देख्न सकिन्छ। प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भुमिकामा रहेका छन्। ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथामा निर्माणधिन चलचित्र सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको लगानी सुशील पोखरेलका अलवा सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेका छन्।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस चलचित्रमा सुशील देवकोटा पटकथा तथा संवाद रहेको छ। संकल्प भुजेलको छायांकन,नृत्य निर्देशन रामजी लामिछाने रहेको यस फिल्ममा सम्पादन मिलन श्रेष्ठले गरेका छन्। त्यसै फिल्मको रंग संयोजन कनाल कँवरको छ।

समिर मिया र सत्यम रानाको भिएफएक्स,टिजर तथा ट्रेलर सम्पादन साहिल खानको छ भने चलचित्रमा मिक्सिङ मुकेश शाहले गरेका छन्। यस चलचित्रको निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

यस चलचित्रको पाश्र्व संगीतमा किरण तुलाधर,संगीततर्फ शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको छ। साथै चलचित्रका गीतमा शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।
यसै चलचित्रमा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ।

यस चलचित्रलाई नेपालभर वितरण आरआर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। चलचित्र आगामी बैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com