सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजेन्द्र बस्नेत निर्देशित चलचित्र ‘कार्की साइँला’को छायांकन सकिएको छ। सुटिङ थालेको २१ दिनमा चलचित्रको छायांकन समाप्त भएको हो।

निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको चलचित्र सुनसरीको चतहरा,बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए। उनले एक महिनाको सुटिङ सेड्य्ल राखेर काम गरिएको भएता पनि चलचित्रका कलाकार र प्राविधिकहरुको अथाह मेहनतले समयभन्दा अगावै सकिएको जानकारी दिए।

यस चलचित्रमा जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

चलचित्रमा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना आचार्य (मुन्नी’रहेकी छन्। उनीहरुको यो पहिलो चलचित्रको सहकार्य हो। यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन्।

बालकुमार राई निर्माता रहेको यस चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। चलचित्रको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन्। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस चलचित्रमा द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। चलचित्रको प्रदर्शन मिति भने निर्माण टिमले घोषणा गरेको छैन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com