सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ । नेपाली नयाँ वर्षको दिन टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी भदौ २६ गते नारीहरुको महान पर्व हरितालिका तीजमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
वैशाख १ गते नयाँ वर्ष मात्रै अभिनेता दयाहाङ राईको जन्मदिन पनि रहेको हुँदा राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको निर्देशक गुरुङले बताए । ‘अहिलेसम्म यो मितिमा हामी मात्रै छौं । वितरक र निर्माण टिमसँगको सहल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका छौं । राम्रो मिति नै रोजेका छौं । व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वात छौं,’ निर्देशक गुरुङले भने ।
गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित निर्देशक गुरुङको लगानी रहेको छ । सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ । विश्वास र मायाले यही सिनेमाबाट गुरुङ सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । यो चलचित्र नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने चलचित्रका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु र संगीत मनोज थापा मगर, शिव बराइली सुरुङ गुरुङले तयार पारिरहेका छन् ।
सुरेन्द्र पौडलले सम्पादन गरिरहेको चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।




प्रतिक्रिया