सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। यो चलचित्रको सोमबार नै केहि हलमा बुङिक खुलेको हो। तर यस चलचित्रको बुधबार बिहानदेखि भने देशव्यापी उच्चाहजनक रुपमा बुकिङ खुल्ला भएको छ। देशव्यापी रुपमा अहिलेसम्म एक सयभन्दा बढि शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन्। भोलीसम्ममा अझै शो संख्या बढ्ने देखिन्छ।

रनटाइम १३५ मिनेट लामो यस फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्रको ट्रेलर र गीतका कारण पनि यो चलचित्रको उच्च माग बढेको हो। फिल्ममा गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा लगानी सुशील पोखरेलले गरेका छन्। यस चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने चलचित्रको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।

साथै चलचित्रको टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। यस चलचित्रको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस चलचित्रलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको चर्चा पछिल्लो समय निकै छ। चलचित्रका निर्माता सुशील पोखरेल आफ्नो फिल्म राम्रो बनेको ढुक्क देखिएका छन्।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com