सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘जूबा’को छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको छायांकन सर्लाहीबाट सुरु भएको हो ।
बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु भएको चलचित्र ७ दिन खिचिनेछ । सर्लाही र काठमाडौं सँगै यो चलचित्र भारतको राजस्थानमा पनि सुटिङ हुनेछ । ७५ दिनको छायांकन सेड्युल राख्नुले यो चलचित्रले पूर्णरुपमा सिनेम्याटिक फिल दिने प्रस्ट हुन्छ । ठूलो क्यानभासमा सिनेमा खिचिने यसको लोकेसन र सुटिङ डेजले पनि पुष्टि गर्छ ।
‘जूबा’को मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् ।
चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । उनको यो तेस्रो चलचित्र हो । यसअघि, उनले दुईवटा सिनेमामा काम गरिसकेका छन् । मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो ।
रक क्यासल स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर यसअघि नै सार्वजनिक गरिएको थियो ।
एउटा पोस्टरमा सौगात मल्ल मात्रै थिए । उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका थिए ।
अर्को पोस्टरमा उनी पिसिओमा उभिएर फोनमा कुरा गरिरहेको देखिएका थिए । ल्यान्डलाइन फोन र उनको र सोफीको गेटअपले यो चलचित्रले दुई दशक अगाडिको कथा भन्ने संकेत गरेको थियो । यसमा सोफी केही रिसाइरहेकी र सौगात फोनमा कुरा गरिरहेका थिए ।
अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन् । सिगार तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको थियो ।
चलचिको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन ।







प्रतिक्रिया