सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गतबर्ष रिलिजमा आएको चलचित्र ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘हेराई’ राखिएको छ ।

हाल यो चलचित्रको धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । चलचित्रको छायांकन केही महिनामा नै सुरु गर्ने तयारी माइकलको छ ।
यसपटक भने माइकलले पूर्णतया लभ स्टोरी कथामा चलचित्र बनाउने तयारी गरेका छन् । ‘राम नाम सत्य’ भने पूर्ण रुपमा एक्सन जनराको चलचित्र थियो । जसले, नेपाली बक्स अफिसमा साढे ३ करोड हारहारीको ग्रस कलेक्शन गरेको थियो ।

‘हेराई’ चलचित्रका लागि कलाकारहरु कोही पनि फाइनल भएका छैनन् । ‘एक हेराई अनेक वुझाई’ ट्याग लाइन दिइएको यो चलचित्रलाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले निर्माण गर्ने पक्का भएको छ । चलचित्रका सह–निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।
चलचित्रबारे माइकल भन्छन्–‘यसपटक हामीले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउँदैछौं । यो चलचित्रले मानिस अनुसार हेराई फरक फरक हुने कथा भन्छ ।’

चलचित्रलाई यसैबर्ष रिलिज गर्ने योजना समेत रहेको माइकलको भनाई छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com