सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आफ्नो २७ औं स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले प्रत्येक बर्षको जेठ ७ गते आफ्नो स्थापना दिवससँगै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । सोहि अवसरमा चलचित्र पत्रकारितामा योगदान पुर्‍याउँदै आएका ६ जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

बिहीबार काठमाडौंस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ अन्तर्गत ५५ हजार ५ सय ५५ रूपैयाँ राशिसहित अनन्त वाग्लेलाई सम्मान गरियो । त्यस्तै, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३’ जयन सुब्बा मानन्धर र कुबेरराज गिरीलाई प्रदान गरियो ।

यस्तै ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित वैकुण्ठराज पराजुली पुरस्कृत भए भने ‘स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित सुरक्षा भट्टराई सम्मानित भइन् ।

राष्ट्रिय ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान २०८३’ अन्तर्गत २५ हजार रूपैयाँ राशिसहित मिलन ढुंगानालाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वर्गीय दिनेश सिटौलाप्रति मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो ।

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतीले विशेष आकर्षण थपेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित र व्यवस्थित हुँदै गएको उल्लेख गर्दै चलचित्र प्रवद्र्धनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको बताए । उनले पत्रकारितामा अनुशासन, मर्यादा र नैतिकतालाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्दै आधारहीन विषयलाई प्राथमिकता दिने प्रवृत्तिबाट जोगिन आग्रह गरे।

विशेष अतिथि अभिनेता राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको बताए। वर्तमान ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता अझ बढेको उनले धारणा राखे।

अभिनेत्री करिष्मा मानन्धरले चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताउँदै चलचित्रलाई दर्शकमाझ पुर्‍याउने मुख्य माध्यम पत्रकारिता नै रहेको उल्लेख गरे। कलाकार र पत्रकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे । यस्तै संघका महासचिव गोपिकृष्ण चापागाईंले चलचित्र पत्रकारितामा भर्खर लाग्दै गरेका देखी तीनदशकसम्म यहि क्षेत्रमा सक्रिए रहेका चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको बताए । चापागाईंले आगामी बर्षका पत्रकारिता दिवस अझ भब्य रहने जानकारी गराए ।

यस अवसरमा संस्थापक अध्यक्ष भरत शाक्यसहित संस्थापकहरूप्रति सम्मान तथा स्मरण व्यक्त गरिएको थियो भने निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह, अशोक शर्मा, ज्ञानेन्द्र देउजा, केपी पाठक, बद्री पंगेनी, ऋषि लामिछाने, नवल नेपाल, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, पल शाह, सुरक्ष्या पन्त, जितु नेपाललगायत दर्जनौँ चलचित्रकर्मी तथा चलचित्रसँग सम्बन्धित संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू नरेन्द्र महर्जन, उत्तम केसी, अरुणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, बसन्त बित्यासी थापा लगायतको उपस्थिती थियो ।

यसैगरी संघका पूर्वअध्यक्षहरू विदुर गिरी, शान्तिप्रिय, सन्दीप सापकोटालगायत संस्थापक टिमको उपस्थिती थियो । चलचित्र बिकाश बोर्डले सहकार्य गरेको कार्यक्रममा संघको हस्पिटल पार्टनर एभरेस्ट हस्पिटलको मेडिकल टिमले हेल्थ चेकअप गरेको थियो । साथै नबिल बैंक, मेदान्त आयुर्बेद हस्पिटल, रोयल फेसन टेर्लर, श्रीकेश हेअर ओइल, साबित्री कञ्चनजंघा अगरबत्ती, लालिगुँरास ज्वेलर्स, स्टार बोस कफि, हाम्रो अटोमोबाइल्स, ओएसआर डिजिटल, हाइलाइन्ट्स नेपाल, लुङ्टो क्रिएसन, सम्राट फिल्मस्, कुबेर सिने डिस्ट्रीब्युसन्, जय नेपाल सिनेमाज्, एबिफिल्मस्, क्विटी केअर ब्युटि हब एण्ड ट्रेनिङ सेन्टर लगायतमा ब्राण्डले सपोर्ट गरेका थिए ।

कार्यक्रममा मोडल अस्मिता पुरीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने द भ्वाइस अफ नेपालका बिजेता समेत रहेका गायक प्रोसेस पाण्डेले एक फिल्मी गीत गाएका थिए ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com