सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजबहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गतसाता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा चलचित्रको इन्डक्ल्याप गरिएको हो ।
यो चलचित्र सम्पुर्ण छायांकन सकिएसँगै आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ । यो मितिमा अहिलेसम्म कुनैपनि नेपाली चलचित्रले आधिकारीक रुपमा आफ्नो प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् । त्यसैले हालसम्म यो मितिमा सोलो रिलिजको अवसर मिल्ने बुझाई निर्माण टिमको छ ।

आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रमा दिव्यराज सुवेदीको छायांकन छ ।
चलचित्रमा मुकुन भुषाल, श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।
तारा थापा ‘किम्भे’को सम्पादन रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व निर्देशन छ । चलचित्रलाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।









प्रतिक्रिया