सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चितवनको क्षेत्रपुरस्थित क्युएफएक्स जलमाले दर्शकका लागि विशेष टिकट अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत हरेक बुधबार र बिहीबार चलचित्रप्रेमीहरूले केवल १५० रुपैयाँमा फिल्म हेर्न सक्ने क्युएफएक्स जलमाका म्यानेजर विकास पोखरेलले जानकारी दिए।

दर्शकको आकर्षण बढाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत अन्य दिन भने नियमित टिकट शुल्क भने शुक्रबार शनिबार र सोमबार ३८० र आइताबार र मंगलबार ३२० रुपैयाँ कायम रहनेछ। हरेक दिन बिहानी सोममा ५० % छुट हुने छ ।

कम मूल्यमा चलचित्र हेर्ने अवसरले विद्यार्थी, युवा तथा पारिवारिक दर्शकलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ। क्युएफएक्स जलमाले दर्शकलाई हलसम्म आकर्षित गर्न समय–समयमा विभिन्न छुट तथा विशेष योजना सञ्चालन गर्दै आएको छ।

हाल क्युएफएक्स जलमामा दुईवटा अत्याधुनिक हल सञ्चालनमा छन्। ‘ए’ हलमा २६८ सिट र ‘बी’ हलमा २६५ सिट गरी कुल ५३३ सिट क्षमता रहेको छ।

दर्शकको बढ्दो चाप र सुविधालाई ध्यानमा राख्दै क्युएफएक्स जलमाले आगामी दशैंदेखि थप एक नयाँ हल सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। नयाँ हल सञ्चालनमा आएपछि चलचित्र प्रदर्शन क्षमता अझ विस्तार हुने विश्वास गरिएको छ।

सस्तो टिकटमा गुणस्तरीय मनोरञ्जन लिन चाहने दर्शकका लागि बुधबार र बिहीबारको यो विशेष अफर आकर्षक विकल्प बन्न सक्ने देखिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com