सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’का निर्माण टिमले रोपाइँ गरेका छन्। असार १५ दिन पारेर सोमबार चलचित्रका कलाकार,निर्माता तथा संगीतकारको टिमले ललितपुरको सुनाकोठीमा रोपाइँ गरेका हुन्। धान रोप्नका लागि चलचित्रका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजता थापा,विद्या कार्की,संगीतकार बाबुल गिरी,निर्माताद्धय पूजा गुरुङ,जस्मिन श्रेष्ठ लगायतले रोपाईमा धान रोपेका छन्।
किसानकै कथा भएकाले चलचित्रका सम्पुर्ण टिमले असार १५ मा रोपाइँमा सहभागी भएको निर्माता पूजा र जस्मिनले बताए। हिलोमा धान रोपिरहेका दुवै जनाले असार १५ भन्ने वितिक्कै मानो छरेर मुरी उब्जाउने भन्ने कुरा याद आउने मिडियाकर्मीलाई सुनाए। कलाकारहरुले पनि निकै खुशीका साथ धान रोपेर किसानलाई साथ दिए।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको निर्माण पक्षको भनाई छ। समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने निर्माण पक्षले जानकारी दिदै आएका छन्।
ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको यस चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको छन्। साथै यस चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ,कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्।
यस चलचित्रको गीतमा चचित कलाकार दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई पनि देख्न सकिन्छ। चलचित्रमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। यस चलचित्रका अन्य गीतहरूको कोरियोग्राफी भने निर्देशक ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।

कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्मचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको यस चलचित्रमा छायांकन राहुल राईको छ। चलचित्रको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्। फिल्मका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। साथै चलचित्रको गीतमा निर्मात्र्री जश्मिन श्रेष्ठको शब्द पनि रहेका छन्। यस चलचित्रमा बाबुल गिरीको संगीत,गायन सुन्न सकिन्छ। साथै महिला स्वरमा चर्चित गायिका शान्ति श्री परियारले साथ दिएकी छन्। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ। डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ ।



प्रतिक्रिया