सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चाडै नै छायांकनमा जान लागेको चलचित्र ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले चलचित्रको लाइनअप निकै बलियो बनाएको छ । चलचित्रमा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।
टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ ।
चलचित्रको हाल धमाधम प्रि प्रोडक्सनको काम चलिरहेको छ । चलचित्रमा यसअघि नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी, कलाकारहरु सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् ।
पूजा र विपिनले पहिलो पटक चलचित्रको पर्दामा एकसाथ काम गर्न लागेका हुन् । यसैले पनि दर्शकका लागि पूजा र विपिनको केमेष्ट्री रोचक हुने पक्का छ ।

चलचित्र ‘मन विनाको धन २’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो । चलचित्रमा विपिनको प्रवेश भएपछि उत्साहित भएका निर्देशक वुढाथोकीले भने–‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौं । उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो । दर्शकले उहाँलाई नयाँ अवतारमा चलचित्रमा देख्न पाउनेछन् ।’
गतबर्ष रिलिजमा आएको चलचित्र ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्शन गरेको थियो । चलचित्रको सफलताले उत्साहित टंकले यसपटक ‘मन विनाको धन २’लाई अझै बलियो बनाउने बताएका छन् ।



प्रतिक्रिया