सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशीत नयाँ चलचित्र ‘चमेलीको पोइ’ को शीर्ष गीत-ओइ ओइ चमेली, तिम्रा शेरे खोइ..सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि प्रदर्शन गरिएको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर,निर्देशक बोहराको शब्द र राजनराजको संगीत छ । कबिराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नारायण त्रिपाठी,सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर छन् ।
लोकआधुनीक शैलीको गीतले दर्शक,स्रोताको मन जित्नेमा आफू बिश्वस्त भएको गायक तथा संगीतकार राजनराजले सुनाए । कार्यक्रममा गीत गाएर माहौल तताएका राजनराजले नयाँ संगीत सृजना गर्नका लागि केही समय आफूले ‘बिश्राम’ लिएको तर अब पुनः संगीतमा सकृय भइसकेको बताए ।
अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ बाट आफूले निकै आशा राखेको बताउदै चलचित्र उत्कृष्ट बनेको उल्लेख गरिन् । यसअघि निर्देशक बोहरासँग ‘भैरे’ मा काम गरेको स्मरण गर्दै ‘चमेलीको पोइ’ को जनरा आफूले निकै कम पाएको बताइन् । ‘यसप्रकारको कमेडी तथा रियलबेसको फिल्म मेरो निकै थोरै छन्,’ उनले भनिन्,‘शीर्ष भूमिकामा रहेकाले पनि म निकै उत्साहीत छु ।’

अभिनेता मुकुन भुसालले केही निर्देशकले अफर गरेको भए तापनि यो नै सुरक्षासँग अभिनय गर्न पाएको पहिलो चलचित्र भएको बताए । ‘सुरक्षाजीसँग काम गर्ने ठूलो इच्छा थियो,केही निर्देशकले अफर गरेको भए तापनि जुरेको थिएन,यो फिल्ममा जुर्यो । निकै आशा लागेको छ ।’ यसअघि थुपै हिट गीत लेखेका निर्देशक बोहरा ‘ओइ ओइ चमेली’ लाई आम दर्शकले आफ्नो ‘ठूली’ फिल्मको चर्चित गीत ‘म त छु कि क्या हो ठूली’ झै मन पराउने बिश्वास ब्यक्त गरेका छन् ।
निर्माता रामनारायण उपाध्याय र निर्मात्री सुनीता सापकोटाले ‘चमेलीको पोइ’ बाट आफूहरु निकै आशावादी भएको बताए । ‘सबै काम उत्कृष्ट भएको छ,’ निर्माता रामनारायणले भने,‘यो हाम्रो पहिलो चलचित्र हो । यसपछि पनि हामी निरन्तर चलचित्र बनाउने छौं ।’ उनले ‘चमेलीको पोइ’ को अमेरिकामा बिशेष शो भइरहेको र दर्शकले निकै मन पराएको जानकारी दिदै फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको बताए ।

पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको यही फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को पुनरागमन भएको छ । फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल,सुरक्षा पन्त,विल्सन बिक्रम राई,उमेश राई,रबिन्द्र झा,गणेश गौतम,प्रेमदेव गिरी,अंशु महर्जन,बविन राई,खड्गबहादुर पुन,रजनी गुरुङ,मिना आरएल शाही,रितु मल्ल ठकुरी,तारा शर्मा,सुनीता सापकोटा,बिशाल पाण्डे,श्रेया नारायण,धनलक्ष्मी बोहरा,अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन् ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन भने निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय छन् । उदय विक्रम राणा,रितु मल्ल कुँवर,सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्मातामा नारायण त्रिपाठी,यमप्रसाद ओली,सुदीप कुँवर र प्रदिप कुमार सापकोटा छन् ।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको चलचित्रमा कुमार महर्जनको द्धन्द्ध निर्देशन छ । बन्दे प्रसादले सम्पादन गरेको चलचित्र आरआर फिल्मस्ले बितरण गर्दैछ ।





प्रतिक्रिया