सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ज्ञानेन्द्र देउजाको चलचित्र ‘झिँगेदाउ २’ को टिजर निर्माण टिमले ललितपुरस्थित लबिम मलमा विशेष कार्यक्रम गर्दै बुधवार दिउँसो सार्वजनिक गरेको छ ।
सार्वजनिक टिजरले पारिवारिक सम्बन्ध, गाउँ–समाजको परिवेश, हास्य र भावनात्मक द्वन्दलाई प्रस्तुत गर्दै चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने प्रयास गरेको छ । पहिलो श्रृंखलाले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियालाई निरन्तरता दिने संकेत पनि टिजरले दिएको छ ।
टिजर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकार, निर्माण टिम, सञ्चारकर्मी तथा चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा निर्माण टिमले पहिलो भागले जस्तै दोस्रो भागले पनि पारिवारिक कथावस्तु र मनोरञ्जनमार्फत दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, आर्यन सिग्देल, कुशल विष्ट, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, आशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि बैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष तथा विष्णु सापकोटालगायत कलाकारको अभिनय रहेको छ। विशेष उपस्थितिका रूपमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा पनि रहेका छन् ।
चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहेका छन् । सह–निर्मातामा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा छन् । चलचित्रको कथा तथा संवाद परिच्छेद सेनले तयार गरेका हुन् भने लेखनमा गोविन्द फुयाल र शिशिर चालिसेको योगदान रहेको छ ।
चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरेका छन् भने सम्पादन मित्र डी। गुरुङको रहेको छ । अर्जुन पोखरेलको संगीत तथा पृष्ठभूमि संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रको भीएफएक्स पिक्सेल स्क्वायरका लुजाराज भण्डारीले सम्हालेका छन् ।
कपनगढी सिनेमा प्रालि, फिल्म क्रु नेपाल प्रालि तथा एप्पल इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘झिँगेदाउ २’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।










प्रतिक्रिया