सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ४ दिन अगाडि सार्वजनिक भएको चलचित्र ‘झिंगे दाउ २’को टिजर सामाजिक संजालमा आक्रामक रुपमा फैलिएको छ । टिजरलाई युट्युबमा मात्र १० लाख भ्यूज मिलेको छ । दर्शकहरुको उत्साहजनक प्रतिक्रिया सहित चलचित्रको टिजरलाई लोभलाग्दो भ्यूज मिलेको हो ।
यता, सामाजिक संजाल फेसबुक र टिकटकमा मात्र यसको टिजरलाई १ करोड भन्दा बढी पटक हेरिएको छ ।
टिजरमा समावेश नायिकाद्धय केकी अधिकारी र आँचल शर्माको झगडाको दृश्य भुसको आगो झै सामाजिक संजालमा फैलिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा जेठानी–देउरानीको झगडा, दाजुभाइको कलह र आमाको छटपटीलाई प्रस्तुत गरिएको छ । असोजको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्रले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण फिल्म वृत्तमा हुन थालेको छ ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताको रुपमा छन् ।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको चलचित्रमा अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा परिच्छेद सेनको पटकथा र संवाद छ ।
गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको चलचित्रले बक्स अफिसमा लोभलाग्दो कमाई गर्ने अपेक्षा गरिएको छ ।
यसपटक पारिवारिक कलह, आमाको महत्वलाई फिल्मको पर्दामा निर्देशक देउजाले उठाएका छन् । चलचित्रको टिजरमा समावेश आँचल र केकीको रुखमा भएको झगडा सार्वधिक लोकप्रिय बनेको छ ।










प्रतिक्रिया