सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भदौ ५ गते शुक्रबारबाट फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्मले सोलो रिलिजको अवसर पाएको हो । आमा र छोरीबीचको भावनात्मक सम्बन्ध तथा छोरीको रक्षाका लागि आमाले कति हदसम्म संघर्ष गर्न सक्छिन् भन्ने कथामा आधारित ‘मास्टर्नी’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्माण भएको फिल्मले पछिल्लो समय चलिरहेका कथाभन्दा फरक विषय प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ । फिल्ममा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ ।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन् ।

फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् । संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ ।युवराज इन्दोरियाको छायांकन तथा राजा सिंह सिदुको सम्पादन रहेको फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गरेको हो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com