सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता गौरव विष्ट पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा व्यस्त र सम्भावनाशील अभिनेताका रूपमा अगाडि बढिरहेका छन् । ‘परस्त्री’बाट अभिनय यात्रा सुरु गरेका विष्टले ‘पीताम्बर’, ‘के घर के डेरा’, ‘घर नम्बर २’ र ‘एक मुठी बादल’सम्म आइपुग्दा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्दै आएका छन्।
फिल्मसँगै थिएटर र म्युजिक भिडियोमा समेत सक्रिय विष्ट अहिले नयाँ-नयाँ भूमिकाको खोजीमा छन् । अभिनयमा निरन्तर सिकाइ र प्रयोग गरिरहेका उनको अबको चाहना भने एउटा मौलिक र मिठो नेपाली प्रेमकथामा अर्थपूर्ण चरित्र निर्वाह गर्ने छ । उनले नेपालीपन बोकेको र दर्शकले लामो समयसम्म सम्झन सक्ने प्रेमकथामा काम गर्ने इच्छा व्यक्त गरे।
‘एउटा फिल्म सिध्याएर बसेको छु, अब नेक्स्ट प्रोजेक्टको तयारीमा ट्राइ गर्न खोजेको छु । नेपालमा बसेर एउटा मिठो नेपाली वा मौलिक लभस्टोरीमा काम गर्न चाहन्छु’, उनले भने।
उनले नेपालमा पनि लामो समयसम्म सम्झिइरहने प्रेमकथा आवश्यक रहेको बताए । उनले नेपाली साहित्यको चर्चित कृति ‘मुनामदन’लाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे ।
उनको चाहना प्रेमी-प्रेमिकाको सम्बन्धमा मात्र सीमित कथा नभई प्रेमसँगै जीवन, संघर्ष र भावनालाई समेटिएको कथा हो । प्रेम कथानक फिल्मको पर्खाइमा रहेका गौरवले हालै एक म्युजिकल फिल्ममा अभिनय गरेका छन् । जहाँ उनले एकतर्फी प्रेमको उदाहरण प्रस्तुत गरेका छन् ।
‘पारिजात’ बोलको गीतमा गौरवले देखाएको एकतर्फी प्रेमको भावनात्मक छ । उनका अनुसार करिब पाँच मिनेटको भिडियो तयार गर्न साना-साना दृश्य र भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न निकै समय लागेको थियो।










प्रतिक्रिया