सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छन्। हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो उपलब्धि हासिल गरेकी हुन्।
प्रतियोगितामा चौथो रनरअपको उपाधिसँगै प्राचीले ‘क्विन अफ एजुकेसन’को विशेष उपाधिसमेत प्राप्त गरेकी छन्। शिक्षा, ज्ञान, व्यक्तिगत विकास तथा शिक्षामार्फत महिलालाई सशक्त बनाउने विषयमा उनको प्रतिबद्धताको कदर गर्दै उक्त उपाधि प्रदान गरिएको बताइएको छ।
प्रतियोगिताका क्रममा प्राचीले आत्मविश्वास, शालीनता र दृढताका साथ आफ्नो प्रस्तुति दिँदै नेपालको प्रतिनिधित्व गरेकी थिइन्। उनको सहभागिताले व्यक्तिगत उपलब्धिसँगै अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको उपस्थिति थप बलियो बनाएको हाउस अफ फेसन नेपालले जनाएको छ।
प्राचीको सफलतालाई नेपाली महिलाका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ। आफ्नो सीमाभन्दा अघि बढ्न, आत्मविश्वासका साथ लक्ष्य पछ्याउन र छुट्टै पहिचान बनाउन उनको यात्राले प्रेरणा दिने अपेक्षा गरिएको छ।
‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’मा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले हासिल गरेको यो उपलब्धि नेपाली फेसन तथा पेजेन्ट क्षेत्रका लागि पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा लिइएको छ।







प्रतिक्रिया