सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी दसैँमा प्रदर्शन हुने फिल्म ‘आ बाट आमा २’को नयाँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक भएको छ । निर्माण टिमले प्रचारप्रसारलाई तीव्रता दिने क्रममा बिहीबार गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो ।

दसैंको माहोल र टीका-जमरा लगाउने परम्परालाई समेटिएको गीतको भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिस्ता गुरुङ, निकिता आचार्यलगायतका कलाकार सामूहिक नृत्यमा रमाएको देख्न सकिन्छ । लाहुरेको भूमिकामा रहेका सविन श्रेष्ठ पनि भिडियोमा देखिएका छन् । सामूहिक विवाहको परिवेशमा कलाकारहरूले गरेको नृत्यले गीतलाई थप रमाइलो बनाएको छ ।

गीतको शब्द तथा संगीत बाबुल गिरीले तयार पारेका हुन्। गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ। यसको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्।चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह फिल्मका प्रोडक्सन एक्जिक्युटिभ हुन्। फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो भने आरआर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ। प्रदर्शनको तयारीमा रहेको फिल्मको नयाँ गीतले यसको प्रचारप्रसारलाई थप गति दिने अपेक्षा गरिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com