सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘द प्रोफेसनल गाइज’ले प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि बढाएको छ । गत साता फिल्मको शीर्षक सार्वजनिक गरेको निर्माण टिमले अब तीन फिल्ममेकर मार्टिन भण्डारी, अमन श्रेष्ठ र डार्विन श्रेष्ठको रोचक यात्रामा आधारित प्रमोसनल स्किट युट्युबमार्फत सार्वजनिक गरेको छ।

मार्टिन, अमन र डार्विनको नामबाट बनेको ‘M.A.D’ पहिचानलाई केन्द्रमा राखेर तयार पारिएको स्किटमा ‘द प्रोफेसनल गाइज’को सुरुवात कसरी भयो र तीन जनाको सहकार्यले कसरी आकार लियो भन्ने कथा हास्य तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

‘MADLY PROFESSIONAL, PROFESSIONALLY MAD’ भन्ने रमाइलो नारासहित अघि बढेको टोलीले परम्परागत प्रचार शैलीभन्दा फरक तरिका अपनाउँदै दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ ।

फिल्ममा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ लेखन तथा निर्देशनमा संलग्न छन् । अमन श्रेष्ठ भने निर्माता, सहलेखक, क्रिएटिभ डाइरेक्टर तथा मुख्य अभिनेताका रूपमा जोडिएका छन्। तीनै जनाको सिर्जनात्मक सहकार्य र फिल्म निर्माणको यात्रालाई स्किटको मुख्य आकर्षण बनाइएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com