सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । हलमा प्रदर्शनरत फिल्म ‘अक्षरा’का अभिनेता पुस्कर राउत नयाँ फिल्म ‘बाकस’मा अनुबन्ध भएका छन्। शनिबार फिल्मका निर्देशक नवीन पन्तले राउतलाई फिल्ममा अनुबन्ध गरेका हुन्।

निर्देशक पन्तले राउतलाई कुन भूमिकामा प्रस्तुत गर्न लागिएको हो भन्नेबारे खुलाउन चाहेनन्। उनले फिल्मको कथावस्तुअनुसार नै राउतलाई अनुबन्ध गरिएको बताए। ‘फिल्मको कथावस्तुअनुसार नै उहाँलाई अनुबन्ध गरिएको हो। उहाँको भूमिकाबारे पछि भनौँला,’ निर्देशक पन्तले भने।

अभिनेता राउतको हलमा प्रदर्शन भइरहेको फिल्म ‘अक्षरा’ पहिलो फिल्म भने होइन। यसअघि उनले ‘कम्पन’, ‘एकलव्य’ र ‘आँधी तुफान’लगायत फिल्ममा अभिनय गरिसकेका छन्। अब उनी ‘बाकस’मार्फत दर्शकमाझ आउने तयारीमा छन्।

यसअघि नै फिल्ममा महेश त्रिपाठी, विपना थापा, वर्षा राउत, भोलाराज सापकोटा र सुपला सापकोटालगायत कलाकार अनुबन्ध भइसकेका छन्। सुजिता चौलागाईंको निर्माणमा बन्ने फिल्ममा छत्रबहादुर खड्का सहनिर्माता तथा धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माताका रूपमा छन्।

फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीतको शब्द रचना दीपक शर्मा र निर्देशक पन्तले गर्नेछन्। कात्तिक महिनादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मका मुख्य सहायक निर्देशक मनि तामाङ हुन् भने द्वन्द्व निर्देशनको जिम्मेवारी किरण दाहालले सम्हाल्नेछिन्। फिल्मको प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com