सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘उपहार’को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम बीच ‘वाह वहा वहा’ बोलको गीत सार्वजनिक गरिएको हो। बाबुल गिरी र एलिना चौहानको अवाज रहेको उक्त गीतमा फिल्मका मुख्य ३ नायिकाहरु रेखा थापा, पूजा शर्मा र बेनिषा हमाललाई बोल्ड अवतारमा देख्न सकिन्छ भने यी तिनलाई फिल्मका नायकहरु मुकुन भुसाल, तेज गिरि र समर्पण कार्कीले नृत्यमा साथ दिएका छन। डान्सिङ्ग नम्बरको उक्त गीतको भिडियो पनि निकै अब्बल बनेको छ।  भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

आगामी फागुन २५ गतेबाट प्रदर्शन हुने फिल्म रेखा फिल्म्स र कपनगडी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मका लगानीकर्ता भने सुलव प्रतिक र समिक्षा देउजा रहेका छन। बलराम सिंह ठकुरी कार्यकारी निर्माता रहेको फिल्मलाई बिष्णु घिमिरे ‘कल्पित’ले खिचेका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com