सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: मङ्सिर २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘दुई कदम’को ‘ए मेरा बाबैनी’ बोलको गीत सार्वजनिक भएको छ।  केहि दिन अघि मात्र छायांकन भएको उक्त गीतमा अभिनेत्री बर्षा सिवाकोटी र नव नायक इओन लिम्बुलाई देख्न सकिन्छ। डान्स नम्बर रहेको उक्त गीतको भिडियो निकै आकर्षक पनि बनेको छ। फिल्ममा बर्षा भने अतिथि भूमिकामा छिन।

आशिष अविरलको संगीत रहेको गीतमा निरुषा भट्टराईको आवाज, शब्द/रचना रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

उदय सुब्बा निर्देशित फिल्ममा इओन लिम्बु, सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ।
फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com