सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को पोस्टर सार्वजनिक गरिएको छ।  सार्वजनिक पोस्टरमा एङ्ग्रि वुमनको लूक्समा देखिएकी पूजाले हातमा मेसिन गन बोकेकी छिन। हाल सम्म रिलिज डेट फिक्स नभएको फिल्ममा पूजा पहिलो पटक एक्सन लेडीको रूपमा देखिँदै छिन।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । पवन राना मगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् ।
यो फिल्ममा सन्जोग रानाको संवाद, हरि लामा ‘घले’को छायाङ्कन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको सङ्गीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र विष्ट हुन् ।

सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् ।
यो फिल्मको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । फिल्मको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com