सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक गरिएको छ। मायालु बोलको गीतमा फिल्मका मुख्य पात्रहरु दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक देख्न सकिन्छ।  हर्क साउदको शब्द रहेको उक्त गीतलाई प्रताप दास र ममता गुरुङ आवाजले गीतलाई अझ मिठास छरेको छ। भिडियोमा दया र उपासनाको प्रेम छल्किएको देख्न सकिन्छ।

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन छ । रोहित कट्टेलले नेपालमा यो फिल्मको वितरण गर्नेछन् भने एमएसएम पोष्ट प्रोडक्शनले ओभरसिजमा फिल्मको वितरण गर्नेछ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको यो फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन्।

दया र उपासनाका अलावा फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com