सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौं: भ्यालेन्टाईन सिजनको अवसरमा गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको रोमान्टिक गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठसँग नव मोडल गृष्मा तामांगको अभिनय रहेको छ । उक्त गीतमा निरज सिग्देलको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । सार्वजनिक भिडियोको निर्देशक दीपा शाक्यले गरेकी हुन। भिडियोका छायाँकार उत्तम हुमागाईं हुन् भने सम्पादक अमृत चापागाईं हुन् । कास्की जिल्लाको घान्द्रुक र पोखरामा गरिएको गितको भिडियो एकदमै राम्रो र रोमाञ्चित बनेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com