सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि समय अघि अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङ अनुबन्धित भएको फिल्म ‘रिमै’मा अर्का अभिनेता सौगात मल्लको प्रवेश भएको छ। सौगातको प्रवेशसँगै अब भने फिल्मका मुख्य कलाकारको खोजि पुरा भएको छ।

गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गर्नेछन। प्रि प्रोडक्सनको काम भईरहेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा रहने छ भने फिल्मको कथा निर्देशक गुरुङ र विरवल घलेले लेखेका हुन्। फिल्म फागुनबाट फ्लोरमा जाने निर्माण टिमले तयारी गरिरहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com