सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली फिल्महरु ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज भएका छन। दुवै फिल्ममा अभिनेता दयाहाङ राईकै मुख्य भूमिका रहेको छ। दुवै फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया समेत बटुलेको थियो।

किरण नेपालीको प्रस्तुति तथा सिमोस सुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, पुष्कर गुरुङ, बेनिशा हमाल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

त्यसैगरी माओत्से गुरुङले निर्देशन गरेको फिल्म दयारानीमा दयाक अलावा दिया पुन र विजय बरालको मुख्य भूमिका छ । यो फिल्मले निसन्तान दम्पतीको कथालाई फिल्ममा प्रस्तुत गरेको छ ।

हुन त् दुवै फिल्मले मल्टीप्लेक्सका उल्लेखनिय शोज पाएका छन। ३ महिना देखि चलेको नेपाली बक्स अफिसको खडेरीलाई दयाहाङका यी दुई फिल्मले राहत दिने अड्कल अहिले गरिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com