सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘पुजार सार्की’ यति बेला चर्चामा छ।  केहि दिन अघि आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको क्यारेक्टर लूक्स सार्वजनिक गरेसँगै फिल्मको चर्चा चुलिएको हो। अब भने निर्माण टिमले फिल्मका मुख्य पात्रहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु सहितको अर्को पोस्टर सार्वजनिक गरेको छ।

पोस्टरमा सबै प्रमुख कलाकारहरू आ-आ-आफ्नो चरित्रमा देखिएका छन्। पोस्टरको बिच भागमा अभिनेता सिग्देललाई राखिएको छ। अभिनेता शाहले बन्दुक बोकेका छन्। अभिनेत्री लिम्बु दुई चुल्ठी बाटेकी चुलबुले युवती देखिएकी छन् भने बराइली जिम्मेवार महिला देखिएकी छन्। लामो कपालमा रहेका अभिनेता खड्का हाफ पाइन्ट (जाँगे) लगाएका छन्

आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको अवसर पारेर विश्वव्यापी रिलिज हुने फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्मको कथा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षमा आधारित रहेको छ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com