सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरतेनमेन्ट, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म फिल्म ‘ह्रस्व दीर्घ’बाट युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको क्यारेक्टर लुक सार्वजनिक भएको छ।  हरिहरको जन्मदिनकोअवसर पारेर निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो। अभिनेत्री नीता ढुंगानाले सामाजिक सञ्जालमा आफ्ना श्रीमान तथा फिल्मका नायक हरिहरको पोस्टर सार्वजनिक गर्दै  ‘ह्याप्पी बर्थडे हिरो’ भनेर लेखेकी छिन।

असोज ११ गतेरिलिजको तयारीमा रहेको फिल्मका निर्माण टिमले गत महिना अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको थियो ।

अभिनेता हरिहरसँगै अभिनेतृ ढुङ्गाना आफैँ प्रमुख भूमिकामा छिन् । चन्द्र पन्त निर्देशित यो फिल्ममा नेपाली तथा भारतीय कलाकारको संयुक्त अभिनय छ ।

फिल्ममा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम तथा विजय रावतको पनि अभिनय छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com