सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: चर्चित सिरिज ‘होस्टेल’को तेश्रो शृंखला ‘होस्टेल ३’ बन्ने भएको छ। फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन्। फिल्मको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्।

यस अघिका सिरिजलाई भने निर्माता सुनिल रावलले निर्माण गरेका थिए भने यो पटक फिल्ममा उनको लगानी रहने छैन। सुनिलले यस पटक आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई चलचित्र बनाउन अनुमति दिएका छन्।

फिल्मको निर्माण सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्समा निर्माण हुनेछ। फिल्ममा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटाको लगानी रहने छ।

‘होस्टेल ३’को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’को प्रोडक्सन सम्हालेका यम प्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन्। फिल्मका प्राविधिक टिम र कलाकारहरू पत्रकार सम्मेलनको आयोजना गरी चिनाउने तयारी रहेको निर्देशक कँडेलले बताए। फिल्मलाई यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य निर्माण टिमको रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com