सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘होस्टेल ३’मा टिकटकर ‘कुल ब्वाइ’ आका पारस बम अनुबन्धित भएका छन। उनि फिल्ममा महत्त्वपूर्ण भूमिका देखिने जानकारी निर्माण टिमले दिएको छ। भर्खरै मात्र निर्माण टिम र पारस बीच कागजी सम्झौता भएको हो।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको ‘होस्टेल ३’ बाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन्। उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस’ लगायतका गीतहरू चर्चित छन्।

जुन पात्र फिल्मको स्क्रिप्टले ‘डिमान्ड’ गरेको छ त्यो पात्रमा कुल ब्वाइ सबै पक्षबाट उत्तम रहेको कारण अनुबन्ध गरिएको निर्देशक सशान कँडेलले जानकारी दिएका छन। उनले यस फिल्मबाट पनि अघिल्ला भागहरूमा जस्तै कुल ब्वाइ सहितका अन्य केही स्टार कलाकारको जन्म हुने जनाए। फिल्मका अन्य कलाकारहरुको बारे छिट्टै नै जानकारी दिने निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मको निर्माण सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्समा निर्माण हुनेछ। फिल्ममा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटाको लगानी रहने छ।

‘होस्टेल ३’को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’को प्रोडक्सन सम्हालेका यम प्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन्। फिल्मलाई यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य निर्माण टिमको रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com