सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: साउन ४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को टिजर रिलिज गरिएको छ। साढे २ मिनेट फिल्मको टिजरमा अभिनेत्री मलीका महतलाई केन्द्रमा रखिएको छ। नारि प्रधान कथामा आधारित फिल्मको टिजर मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुमेको छ।

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को यस अघि पहिलो पोस्टर रिलिज भइसकेको छ। फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत सुवेदीकै हो ।

फिल्मले रिलिज अघिनै दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com