सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भारतीय साउथ इंडस्ट्री निर्देशक शंकरद्वारा निर्देशित तथा सुपरस्टार कमल हसन स्टारर फिल्म ‘इन्डियन २’ को एक्सन दृश्यले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ । कमल हसनको फिल्म ‘इन्डियन २’को ट्रेलर हेरेर दर्शकहरु चलचित्र भवनमा सिनेमाको लागि प्रतिक्षारत रहेका छन् ।

इन्टरटेनमेन्ट इंडस्ट्रीको सुपरस्टार कमल हसनको फिल्म ‘इन्डियन २’ साल २०२४ को मोस्ट अवेटेड फिल्म हो । हिजो मंगलबार रिलिज गरिएको ट्रेलर मा ६९ बर्षीय कलन हसनले कमाल कै एक्सन गरेको देखाइएको छ । फिल्ममा कमल हसनले एक स्वतन्त्रता सेनानीको भूमिका निर्वाह गरेका छन् । यो सन् १९९६ मा रिलिज भएको तमिल फिल्म ‘इन्डियन’ को सिक्वेल हो, जसलाई हिन्दीमा ‘हिन्दुस्तानी’ नाम राखिएको छ ।
फिल्ममा कमल हसनका साथै सिद्धार्थ, रकुल प्रीत सिंह, काजल अग्रवाल, एस जे सूर्या, प्रिया भवानी शंकर, नेदुमुदी वेणु, विवेक. कालीदास जयराम, गुल्सन ग्रोवर, समुथिरकानी, बबी सिन्हा लगायतले अभिनय गरेका छन् ।

लाइका प्रोडक्सन र रेड जाइन्ट मुभिजले निर्माण गरेको फिल्म ‘इन्डियन २’ आगामी १२ जुलाईमा विश्वभरि रिलिज हुँदैछ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com