सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र ‘१२ गाउँ’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा पहिलो पटक अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेव्यु गर्दैछन् ।चलचित्र लाई अभिनेता विराजभट्टले निर्देशन गरेका छन् । अभिनेता विराज भट्टले छोरा समिर लाइ फिल्म खेल्नका लागि चाहिने सबै कुराको ट्रेनिंग मुम्बईमा गराएका थिए भने सोहि अनुसार चलचित्र ‘१२ गाउँ’ निर्माण घोषणादेखि नै चर्चामा छ । विराजले नेपाली चलचित्रमा उच्च स्तरीय एक्सन पस्किने तयारी समिर मार्फत ‘१२ गाउँ’ बाट गरिरहेका छन् ।

चलचित्रमा समीर संगै विराज आफै र साथमा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ । चलचित्र ‘१२ गाउँ’ बाट दुई नवनायिका पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् ।

चलचित्रमा विराज भट्टको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ भने अर्जुन पोखरेल र निरजको सङ्गीत,कविराज गहतराज, रामजी लामिछाने, र सुनिल क्षेत्री को नृत्य साथै प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चलचित्रको छायांकन महेश पौडेलले गरिरहेका छन् । अलि फरक एक्सन देखाउनको लागि चलचित्रमा विराजले तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनको लागि ल्याएका छन् भने शिल्भालाई शंकर महर्जनले सहयोगी भएर काम गरिरहेका छन् । चलचित्रको छायाङ्कन काठमाडौँ, ललितपुर, वीरगन्ज र हेटौँडामा भैरहेको छ । चलचित्र २०८१ को दशैंमा प्रदर्शनमा आउने छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com